Information is intelligence
HomeSportsअल्मुताइरीले मागे माफी

अल्मुताइरीले मागे माफी

- Advertisement -spot_img

काठमाडौँ – राजीनामा दिने घोषणा गरेका नेपाली फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले सोमबार माफी मागेका छन् । केही समयअघि एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ताको विषयमा उनले माफी मागेका हुन् । 

विगतमा नेपाली राष्ट्रिय टिम नतिजाका लागि भन्दा पनि घुम्‍ने उद्देश्यका साथ विदेश जाने गरेको भन्‍ने अभिव्यक्ति दिएपछि अल्मुताइरी विवादमा तानिएका थिए । ‘गएको महिना एक अनलाइन मिडियासँगको अन्तवार्ताको क्रममा मैले दिएको अभिव्यक्तिले चिक्त दुखेको भए म सबै नेपाली, पूर्वखेलाडीहरू तथा प्रशिक्षकहरूसँग माफी माग्‍न चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने थिएन,’ अल्मुताइरीले लेखेका छन् । 

‘मेरो कसैप्रति द्वैष भावना छैन । म नेपालमा रहन पाएको र यहाँको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्‍न पाएकोमा गर्व गर्छु । नेपालको फुटबल टिमप्रति मेरो उच्च सम्मान छ,’ अल्मुताइरीले भनेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु