Information is intelligence
HomeShare Bazarतेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुट्नु त भएन ?

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुट्नु त भएन ?

- Advertisement -spot_img

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने अनुमति पाएको थियो । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात चार लाख कित्ता (चार करोड रुपैयाँ) साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको हो । कम्पनिले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १९ गते) अन्तिम दिन रहेको छ।

एक सय रुपैयाँ अंकित दरका सेयरका लागि न्यूनतम १० र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। 

रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।

बिक्री प्रबन्धक

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। सो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम, सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु