Information is intelligence
HomeSportsपारश खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

पारश खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

- Advertisement -spot_img

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । 

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्न्यास लिएको घोषणा गरेका हुन्। खड्काले भनेका छन्, ”सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छु।”

उनले १५ वर्षको उमेरदेखि खेल्न थालेका थिए। सन् २००२ बाट खेल्न थालेका उनले १९ वर्षपछि सन्न्यास लिएका हुन्।

सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले आजबाट अन्त्य गरेको बताएका छन् । यस अवधीमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवादसमेत दिएका छन् । उनले भनेका छन्, ”नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु