Information is intelligence
HomeSportsजोन ग्याम्पर ट्रफी: मेस्सी र रोनाल्डो बीच भेट नहुने

जोन ग्याम्पर ट्रफी: मेस्सी र रोनाल्डो बीच भेट नहुने

- Advertisement -spot_img

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जोन ग्याम्पर ट्रफीको फाइनल खेल नखेल्ने भएका छन् । बार्सिलोनासँग सम्झौता नवीकरण नगरी मैदान नफर्किने अडान लिएका अर्जेन्टिनी स्टार मेस्सीले युभेन्टसविरुद्ध नखेल्ने भएका हुन् । 

आइतबार (अगस्ट ८) मा हुने यस समरको ट्रफी जोन ग्याम्परको उपाधि भिडन्तमा बार्सिलोनाले युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेतासमेत रहेको बार्सिलोनाले आफ्नै मैदान क्याप नोउमा युभेन्टससँग खेल्ने छ । यो खेल आइतबार राति १ः१५ बजे हुनेछ ।

बार्सिलोना ग्याम्पर कपको सर्वाधिक सफल टिम हो । बार्सिलोनाले ४३ पटक उपाधि जितेको छ भने युभेन्टसले एक पटकमात्र उपाधि जितेको छ ।

बार्सिलोना र युभेन्टसले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा रोनाल्डोबिनाको युभेन्टस बार्सिलोनासँग पराजित भएको थियो । बार्सिलोनाले युभेन्टसलाई २–० गोलले हराउँदा मेस्सीले एक गोल गरेका थिए । रोनाल्डो मैदान फर्किएपछि दोस्रो खेलमा युभेन्टले ३–० गोलको सहज जित निकालेको थियो, जसमा रोनाल्डोले दुई गोल गरेका थिए ।

ग्याम्परको उपाधि भिडन्तमा विश्वका दुई उत्कृष्ट फुटबलरद्वय मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः एक पटक देख्न पाइने अपेक्षा गरिएको थियो । तर मेस्सी यस खेलबाट मैदान फर्किने मनसायमा छैनन् ।  बार्सिलोनाले यस खेलअगाडि नै उनीसँग सम्झाैता थप्ने योजना बनाइ सकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु