Information is intelligence
HomeNewsअधिकांश भू-भागमा बदली, पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

अधिकांश भू-भागमा बदली, पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

- Advertisement -spot_img

काठमाडौं । जल तथा मौसम विभागका अनुसार आज बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली भएको छ । विभागका अनुसार पाँचवटा प्रदेश अर्थात् प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु