Information is intelligence
HomeEconomyअब मध्य भोटेकोशी जलविद्युत आयोजनाको आवेदन ‘आइएमई पे’ बाट पनि

अब मध्य भोटेकोशी जलविद्युत आयोजनाको आवेदन ‘आइएमई पे’ बाट पनि

- Advertisement -spot_img

 मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ ।

वैशाख २१ गतेदेखि खुलाइएको आईपीओ कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको थियो अब भने कम्पनीले साउन ३२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

डिजिटल भुक्तानी सेवाप्रदायक ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने सुविधा छ ।

आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु