Information is intelligence
HomeEconomyनयाँ कम्पनीहरुमा यसकारण लगातार सर्किट लाग्न सकेन

नयाँ कम्पनीहरुमा यसकारण लगातार सर्किट लाग्न सकेन

- Advertisement -spot_img

भर्खरै नेपाल स्टक एक्सचेन्जमा ३ वटा कम्पनीहरु सूचीकृत भएर कारोबार सुरु भएको छ । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर केही समयअघि मात्र नेप्सैमा सूचीकृत भएका हुन् ।

थोरै कित्ता आइपिओ, राम्रो इपिएस भ्यालु र गज्जबको प्रति शेयर आम्दानी भएका कम्पनीहरुको आइपिओ हात पारेका लगानीकर्ताहरु थोरै समयमा नै धेरै प्रतिफल पाइन्छ भनेर खुसी मनाइरहेको पाउन सकिन्छ । केही समयअगाडी महिला लघुवित्तको आइपिओ हात पारेका लगानीकर्ताहरुले पाएको प्रतिफल हेर्दै बसेका लगानीकर्ताहरु अहिले जीवन विकास लघुवित्तमा पनि उस्तै आशा गरेर बसेको सामाजिक सञ्जालहरुमा पाइने प्रतिक्रयाबाट थाहा पाउन सकिन्छ ।

तर कारोबार भएको केहि दिन भइसक्दा पनि हालसम्म जीवन विकास लघुवित्तको शेयरमूल्य एक दिन मात्र सर्किट लेबलमा बढेको छ । अन्य दिन भने ४ देखि ६ प्रतिशतसम्म बढेको छ ।

हिजोबाट कारोबार सुरु भएको युनियन लाइफ इन्स्योरेन्सको पनि त्यस्तै सामान्य बृद्धि भएको थियो भने मनकामना स्मार्ट लघुवित्तको त कारोबार नै सुरु हुन सकेन । आखिर किन यस्तो भयो त ?

प्रायजसो लघुवित्तहरुको पुँजी सानो आकारको हुने र त्यसको अनुपातमा आइपिओ पनि सानै संख्यामा आउने हुनाले लगानीकर्ताहरुलाई आइपिओ हात पार्न मुस्किल बन्दै गएको छ । ३१ लाखभन्दा बढी संख्यामा खुलेका डिम्याट अकाउन्टबाट झण्डै २२ लाख हाराहारीमा आइपिओमा आवेदनहरु परिरहेका छन् । यसरी हेर्दा लघुवित्तको आइपिओ हात पार्ने व्यक्तिले सुनकै अण्डा पाए बराबर खुसी मनाउनु पर्ने अवस्था रहेको छ ।

दोस्रो कुरा लघुवित्तहरुले वार्षिक प्रगति विवरणमा मनग्ये नाफा कमाएको विवरणहरु प्रस्तुत गर्छन् । यसबाट लगानीकर्ताहरु समग्र लघुवित्ततर्फ नै आकर्षित पनि भइरहेका छन् । यति हुँदा पनि किन ढिला मूल्यबृद्धि भइरहेको छ ?

हाल बजारमा देखिएको एउटै कारण हो मागको अनुपातमा शुन्य आपूर्ति । एक कारोबारमा बढीमा २ प्रतिशत मूल्य घटबढ गराएर कारोबार गर्न पाइ्न्छ । तर हिजो स्पेशल प्र ओपन सेसनमा मनकामना स्मार्ट लघुवित्तको त एउटा पनि कारोबार मेल खाएन र कुनै पनि कारोबार नै हुन पाएन । बेच्न चाहने र किन्न चाहने लगानीकर्ताको मूल्यमा समानता भएमात्र कारोबार सफल हुन्छ ।

त्यस्तै जीवन विकास लघुवित्तको पनि झण्डै १५ लाख कित्ताको माग हुँदा बेच्न चाहने लगानीकर्ताको संख्या भने शून्य थियो । अत्यधिक कम संख्यामा कारोबार भएकाले यसको मूल्य पनि सामान्य भन्दा तलमाथि गर्न सकेन ।

बजारलाई चलायमान गराउन माग र आपूर्तिबिच तादात्म्यता अवश्य हुनुपर्छ । नयाँ कम्पनीहरुको शेयरमा त्यो तादात्म्यता नदेखिएकाले साधारण रुपमा बजार अघि बढ्न सकेन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु