Information is intelligence
HomeScience & Technologyअब कसैले ‘इन्भाइट’ नगर्दा पनि क्लबहाउसमा जोडिन मिल्ने

अब कसैले ‘इन्भाइट’ नगर्दा पनि क्लबहाउसमा जोडिन मिल्ने

- Advertisement -spot_img

सोसल मिडिया एप क्लबहाउसमा अब ‘इन्भिटेसन’ बिनै जोडिन सकिने भएको छ । आफ्नो दायरालाई फराकिलो बनाउने क्रममा कम्पनीले नयाँ नीति लिएको हाे । यसअघि यदि तपाईं क्लबहाउसमा जोडिन चाहनुभएको खण्डमा कसैले इन्भाइट गर्नुपर्ने प्रावधान थियो ।

तर, अब भने जोकोहीले पनि सहजै क्लब हाउसमा जोडिन पाउनेछन् । कम्पनीका सह-संस्थापक पाउल ड्याभिड्सन र रोहन सेठले यस विषयमा जानकारी दिएका हुन् । उनीहरुका अनुसार हाल एक करोडका हारहारीमा ‘वेट लिस्ट’ मा रहेका छन्, जसलाई विस्तारै अब एपमा स्वीकृति प्रदान गरिने छ ।

‘इन्भिटेस सिस्टम हाम्रो सुरुवाती चरणको एउटा महत्वपूर्ण पक्ष हो,’ कम्पनीले भनेको छ, ‘हामीले हरेक हप्ता नयाँ अनुहारलाई भित्र्याएर उनीहरुलाई अभिमुखीकरण गर्ने र उनीहरुसँग बोल्ने काम छुट्टै रमाइलो थियो । तर, अब भने कम्पनीकाे दायरालाई विस्तार गर्नुपर्ने भएकाले यसलाई खुला गरिएको हो ।’

कम्पनीले गत हप्तामात्रै डाइरेक्ट म्यासेज फिचर सुरुवात गरेको थियो । भने, नयाँ आएको अपडेटसँगै अब कम्पनीको नयाँ लोगो र आइकन पनि तय भएकाे छ । नयाँ आइकनमा र्‍यापर जस्टिन विलियम्स देखिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु