Information is intelligence
HomeEconomyमैलुङ हाइड्रोको आईपिओ भर्ने समय थप, यस कारण भर्न मिलेको थिएन आईपिओ

मैलुङ हाइड्रोको आईपिओ भर्ने समय थप, यस कारण भर्न मिलेको थिएन आईपिओ

- Advertisement -spot_img

आईपिओ भर्ने समय सकिनै लाग्दा वेबसाइटमा समस्या देखिएपछि मैलुङ हाइड्रोको आईपिओ भर्नबाट बन्चित भएका छन् । मेरोशेयरमा समस्या आएको नभई नेपाल सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा समस्या आएको सिडीएससीका प्रवक्ता सुरेश न्यौपाने बताए । केन्द्रमा देखिएको समस्या समाधान भएपछि मेरो शेयर खुल्ने उनले बताएका छन् ।

समस्या समाधान भएपछि आईपिओ भर्न सकिने र आईपिओ भर्नको लागि समय थप गरिने उनको भनाई छ । मैलुङ खोला हाइड्रोले साउन १४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा साउन १८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपिओमा आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकबाट २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको छ। यो माग भन्दा ३५.२८ गुणा बढी हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु