Information is intelligence
HomeJobsइजरायलको रोजगारीका लागि आवेदन दिने अनलाइन वेब सर्भरमा समस्या

इजरायलको रोजगारीका लागि आवेदन दिने अनलाइन वेब सर्भरमा समस्या

- Advertisement -spot_img

काठमाण्डौ | इजरायलको रोजगारीका लागि आवेदन दिने अनलाइन वेब सर्भरमा समस्या भएको छ ।

सोमबारदेखि नै राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गतको जीआईडीसीमा पावर फेलियर हुँदा इजरायल रोजगारीका लागि आवेदन दिने ferms.dofe.gov.np सर्भरमा समस्या आएको वैदेशिक रोजगार विभागले जनाएको छ । समस्या समाधानका लागि सोमबारदेखि नै काम भइरहेको भन्दै विभागले चाडै नै सेवा पुनः सुरु गराउन पहल भइरहेको समेत जनाएको छ । 

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउन विभागले गएको १२ गते २१ दिनको सूचना दिएर आवश्यक योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत निवेदन दिन मिल्ने व्यवस्था गरेको थियो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु