Information is intelligence
HomeNews१८ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्यो, परीक्षा कहिले ?

१८ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्यो, परीक्षा कहिले ?

- Advertisement -spot_img

काठमाडौं : न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

आन्तरिकतर्फ ९ र खुलातर्फ पाँचजना न्यायाधीशका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १/१ जनाका लागि विज्ञापन खुलाइएको छ।

परीक्षा महाशाखाका अनुसार प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ।  । यस्तै चौथो पत्रको प्रथम खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ । 

परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ। विज्ञापनसम्बन्धी थप जानकारीका लागि आयोगको वेवसाइट http://www.jes.gov.np मा हेर्न सकिनेछ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु