Information is intelligence
HomePoliticsदार्चुला घटनाबारे संसदीय छानबिन समिति बनाउन सांसदहरुकाे माग

दार्चुला घटनाबारे संसदीय छानबिन समिति बनाउन सांसदहरुकाे माग

- Advertisement -spot_img

काठमाडौँ –  दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तार काटिदिएपछि तुइनबाट खसेर महाकाली नदीमा नेपाली युवक जयसिंह धामी बेपत्ता भएकाे घटनामा सांसदहरुले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको अहिले जारी बैठकमा सांसदहरुले यस्ताे माग गरेका हुन्। सरकारले यस घटनालाई गम्भीर रुपमा नलिएकाे पनि उनीहरुकाे आराेप छ।

सांसद मोहन बानियाले महाकालीमा तुइन काटेका कारण नेपाली युवक बेपत्ता रहेको घटनामा संसदीय छानबिन समिति गठन गर्न र भारतीय पक्षसँग कुरा राख्न माग गरे।

अर्का सांसद यज्ञराज सुनुवारले पनि दार्चुला घटना नेपालीविरुद्धको काम मात्रै नभइ मानताविरुद्धको अपराध रहेकाे बताए। उनले सरकारले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।

सांसद राजबहादुर बुढाले महाकालीमा जयसिंह धामी बेपत्ता भएको घटना पहिलो नभएको बताए। उनले भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरमा नेपाली युवक गोविन्द गौतमलाई पनि गोली हानी हत्या गरेको स्मरण गराए। एक जना मारेर तीन करोडलाई उत्तेजित बनाउने काम भारतले गरेको उनले बताए।

सांसद राजेन्द्र गौतमले महाकाली नदीमा खसेका जयसिंह धामीको अवस्था अझै अज्ञात रहेको बताउँदै यो घटना अन्तर्राष्ट्रिय फौजदारी अभियोग अन्तर्गत पर्ने बताए। उनले पनि यस घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग गरे।

सांसद रामकुमारी झाक्रीले पूर्व प्रधानमन्त्री केपी ओलीले तुइन बिस्थापित भैसकेको गफ दिएको तर अहिले तुइनबाट खसेर नेपालीले मृत्युवरण गर्नुपरेको भन्दै आलोचना गरिन्। उनले अघिल्लो सरकारले गरेका नराम्रो काम सबै खारेज हुनुपर्ने बताइन्।

दार्चुला घटनाबाहेक सांसदहरुले कोरोना खोप लगायत अन्य विषयहरुमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु