Information is intelligence
HomeNewsडा जागेश्वर गौतमको सरूवा भएको हो, अन्य तीनजनाको रोकियो : स्वास्थ्य मन्त्रालय

डा जागेश्वर गौतमको सरूवा भएको हो, अन्य तीनजनाको रोकियो : स्वास्थ्य मन्त्रालय

- Advertisement -spot_img

काठमाडौं | डा जागेश्वर गौतमको सरुवा भएको र अन्य तीन जनाको सरुवा रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डा गौतमलाई सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट हटाउँदै प्रसुति गृह सरुवा गरेका थिए। 

स्वास्थ्य मन्त्रालयले डा गौतमबाहेक अन्यको सरुवा तत्कालका लागि रोकिएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका डा विवेकलाल कर्ण, क्षयरोग केन्द्रको प्रमुखमा रीता जोशीलाई जिम्मेवारी दिइएको थियो। तर, उनीहरुको सरुवा पनि रोकिएको मन्त्रालयले जनाएको छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु