Information is intelligence
HomeEconomyनेप्सेले पुरानो वेबसाइट बन्द गर्दै, नयाँ साइट आधिकारिक गर्ने प्रक्रिया शुरु

नेप्सेले पुरानो वेबसाइट बन्द गर्दै, नयाँ साइट आधिकारिक गर्ने प्रक्रिया शुरु

- Advertisement -spot_img

पाल स्टक एक्सचेन्जले पुरानो आधिकारिक वेबसाइट गर्दै नयाँ साइटलाइ आधिकारिक बनाउने प्रकृया सुरु गरेको छ। यति बेला नेप्सेले पुरानो वेबसाइटमा भएको डाटा धमाधम नयाँमा सारिरहेको छ। 

पुरानो वेभ साइटको डाटा नयाँमा सार्न थालिएकै कारण पुरानो वेभ साइट यति बेला लगानीकर्ताले हेर्न पाएका छैनन्। प्राविधिक काम भइरहेकोले लगानीकर्ताले पुरानो वेभ साइट हेर्न नपाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

हाल नेप्सेको दुईवटा वेभ साइट सर्वसाधारणको लागि उपलब्ध छन्। जसमा नेपाल स्टक डट कम र नेपाल स्टक डट कम डट एनपी छन्। आउने दिनमा नेप्सेले पुरानो वेभ साइट नेपाल स्टक डट कम बन्द गर्दै छ भने नेपाल स्टक डक कम डट एनपीलाई स्तरोन्नति गर्दै लगेको जनाएको छ। 

तत्कालको लागि दुवै वेभ साइट सञ्चालन गर्ने भएपनि सर्वसाधारणले भने नेपाल स्टक डट कम डट एनपीमै लग इन गर्नु पर्ने छ। लगानीकर्तालाई केही समय पुरानो वेभ साइट हेर्ने सुविधा पनि नेप्सेले उपलब्ध गराउने छ। तर त्यसको लागि भने नेप्सेको नयाँ वेभ साइटमै गएर ओल्ड साइट भन्ने फिचरमा किल्क गरेपछि मात्रै पुरानो वेबसाइटमा जान सक्ने नेप्सेको भनाई छ।    

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु