Information is intelligence
HomeNational Policyभाईवर, व्हाट्सेपका यी फिचर प्रयोग गर्नु गैरकानुनी : दूर संचार प्राधिकरण

भाईवर, व्हाट्सेपका यी फिचर प्रयोग गर्नु गैरकानुनी : दूर संचार प्राधिकरण

- Advertisement -spot_img

विभिन्न एपबाट मोबाइल तथा ल्यान्डलाइनमा फोनकल हुने गरेको र उक्त कार्य गैरकानूनी भएको भन्दै दूरसञ्चार प्राधिकणले ध्यानाकर्षण गराएका छ ।

खासगरी भाइबर, स्काइप जस्ता विभिन्न एपहरुको रिचार्ज कार्डहरु बिक्री बितरण हुने गरेको र भाइबर आउट, स्काइप आउट जस्ता एप फिचर प्रयोग गरेर मोबाइल तथा ल्याण्डलाइनमा फोनकल गर्ने गरिएकोमा दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले सबैलाई सचेत गराएको हो ।

त्यसैगरी यस प्रकारका क्रियाकलाप गर्ने वा गराउनेलाई कानूनी कारबाहीको चेतावनी समेत दिएको छ।

प्राधिकरणले सूचनामा भनेको छ‘यी एपमार्फत नेपालका दूरसञ्चार सेवा प्रदायकहरुको मोबाइल नेटवर्क तथा ल्याण्डलाइन टेलिफोनमा कुराकानी हुने गरेको बुझिन आएकोले यस प्रकारको कार्य दूरसञ्चार ऐन, नियम विपरितको कार्य भएकोले यस्तो कार्य नगर्न नगराउनुहुन अनुरोध छ,’।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु