Information is intelligence
HomeBreaking Newsकाठमाडौँ उपत्यकामा निषेधाज्ञा ७ दिन थपियो, केके खुला, केके बन्द?

काठमाडौँ उपत्यकामा निषेधाज्ञा ७ दिन थपियो, केके खुला, केके बन्द?

- Advertisement -spot_img

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि थप सात दिन बढाइएको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय गरेको हो। यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार सकिँदैछ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा अब साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने छ।

यस अवधिमा सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जस्थल, संग्रहालय तथा दर्शकसहित हुने खेलकुद र मानिसहरुको भीडभाडमा रोक लगाइएको छ।

धार्मिकस्थलहरुमा नित्यपूजा बाहेक अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन। यस्तै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन गर्न पनि रोक लगाइएको छ।

तर औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध सञ्चालन गर्न पाइने छ भने अन्य पसलहरु साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ।

रेष्टुरेन्टमा टेक अवे वा होम डेलिभरी साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु