Information is intelligence
HomeShare Bazarप्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच आइपिओ निष्काशनका लागि सम्झौता

प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच आइपिओ निष्काशनका लागि सम्झौता

- Advertisement -spot_img

जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि सम्झौता भएको हो ।

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटल लिमिटेडकातर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।

प्रारम्भिक शेयर निष्काशन

कम्पनीले प्रारम्भिक शेयर निष्काशनका लागि कुलजारी पूँजी ७६,००,००० को ३० प्रतिशत अर्थात् २२,८०,००० कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७,६०,००० कित्ता र सर्वसाधारणका लागि १५,२०,००,००० कित्ता शेयर निष्काशन गर्नेछ ।

चर्चित लगानीकर्ता

सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु