Information is intelligence
HomeShare Bazarसानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भर्दा जान्नैपर्ने यी ४ कुरा

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भर्दा जान्नैपर्ने यी ४ कुरा

- Advertisement -spot_img

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज बुधबार (साउन २० गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई ३ लाख (५%) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

आवेदन मिती आवेदन दिने तरिका

लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म खुला हुनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्।

पछिल्लो समय आइपीओमा आवेदन गर्नेको संख्या २१ लाख हराहरी पुगिसकेका छन्। त्यस अनुसार कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन पर्ने निश्चित छ। मागभन्दा बढी आवेदन परे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन्।

यसकारण कम्पनीको शेयरमा १० कित्ताको लागि मात्रै आवेदन गर्नु उचित देखिन्छ ।

अर्को आइपिओ बारे : १ कराेड ८० लाखकाे आईपीओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त

रेटिङ्ग

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ।

कम्पनीलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी–आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत रहेको जनाउछ।

कम्पनी सम्बन्धी विवरण  

सानिमा लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित भई बिमा ऐन, २०४९, बिमा नियमावली २०४९ बमोजिम जीवन बिमा व्यवसाय कारोबार गर्ने इजाजत प्राप्त संस्था हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय र कारोबार गर्ने मुख्य स्थान काठमाडौ महानगरपालिका वडा नं. १, कमलादीमा रहेको छ ।  युनियन लाइफ विसं २०७४ मंसिर २२ गतेदेखि व्यावसायिक रुपमा बिमा कारोबार सञ्चालन गर्दै आइरहेको छ । हाल यस इन्सुरेन्सले देशभर विभिन्न शाखा तथा उपशाखा गरी ११८ वटा कार्यालयबाट बिमा सेवा प्रदान गरिरहेको छ । आवश्यकता अनुसार सम्बन्धित निकायको स्वीकृती लिई स्वदेश भित्र शाखा तथा उपशाखा कार्यालय स्थापना गरी कारोबार गर्न सक्नेछ ।

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनपछि कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व कायम हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु