Information is intelligence
HomeEconomy६ लाख १५ हजार ४९३ निजी आवास पुनर्निर्माण

६ लाख १५ हजार ४९३ निजी आवास पुनर्निर्माण

- Advertisement -spot_img

भूकम्पपछिको पुनर्निर्माण अभियान अन्तर्गत गत आर्थिक वर्ष २०७७÷७८ सम्ममा ६ लाख १५ हजार ४९३ निजी आवास बनेका छन् । नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा मात्रै १ लाख ७ हजार ३५२ निजी आवास पुनर्निर्माण भएका छन् ।

गत निजी आवास निर्माणका लागि मात्रै २१ अर्ब ५३ करोड खर्च भएको प्राधिकरणले जानकारी दिएको छ । निजी आवासतर्फ कुल २३ अर्ब ८४ करोड विनियोजन भएको थियो । समग्रमा पुनर्निर्माणका लागि भने ७० अर्ब ३५ करोड ८७ लाख बजेट विनियोजन गरिएको थियो, जसमध्ये ७५ दशमलव ३० प्रतिशत खर्च भएको प्राधिकरणले बताएको छ ।

गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोभिड महामारीकै बीच गत आर्थिक वर्षमा पुनर्निर्माणमा उत्साहजनक प्रगति हासिल भएको बताए । यो अवधिमा ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार १० जनाले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् । उक्त आर्थिक वर्षमा थप ५८९ ओटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा सांस्कृतिक सम्पदा र ९ वटा सरकारी भवनको पुनर्निर्माण भएको जानकारी दिइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु