Information is intelligence
HomeSportsमार्को एसेन्सियोको गोल, स्पेन ओलम्पिकको फाइनलमा

मार्को एसेन्सियोको गोल, स्पेन ओलम्पिकको फाइनलमा

- Advertisement -spot_img

काठमाडौं । जापानलाई हराउँदै स्पेनको यू–२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा जापानलाई हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको हो । 

अब स्पेनले फाइनल खेलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ । स्पेनले जापानलाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्वर्ण नजिक पुगेको छ । 

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो खेलको ११५ औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु