Information is intelligence
HomeNewsबिपी प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारी हटाउन आजैदेखि प्रक्रिया थालिने

बिपी प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारी हटाउन आजैदेखि प्रक्रिया थालिने

- Advertisement -spot_img

काठमाडौं । धरानस्थित बिपी प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारी हटाउन आजैदेखि प्रक्रिया थालिने भएको छ ।

लामो समयदेखि संघर्षरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धीकरण अभियान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ । 

आज भएको सहमतिमा अभियानले माग गरेअनुसार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारीलाई हटाउन प्रक्रिया सुरु हुने उल्लेख छ । 

मन्त्रालय र अभियानका प्रतिनिधिबीच भएको सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने ।’

त्यस्तै छानबिन कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । यसका लागि बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै महाशाखा तोक्ने उल्लेख छ ।

सहमतिसँगै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलन रोकेर सेवामा फर्कन तयार भएका छन् । करिब २ महिनादेखि प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । उक्त आन्दोलन काठमाडौंसम्म फैलिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु