Information is intelligence
HomeEntertainment & Artsनीता र शंकर अभिनित ‘बाइस तले धरहरा’ सार्वजनिक

नीता र शंकर अभिनित ‘बाइस तले धरहरा’ सार्वजनिक

- Advertisement -spot_img

नेपाली हिन्दू नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा विभिन्न तीज गीतहरु पनि बजारमा सार्वजनिक हुन थालेका छन् । यसैबीच गायिक मिलन नेवारको आवाजमा रहेको तीज गीत ‘बाइस तले धरहरा’ सार्वजनिक भएको छ ।

प्रेम चौलागाईंको शब्द तथा दीपक शर्माको संगीतमा ‘बाइस तले धरहरा’को म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक ‘बाइस तले धरहरा’मा अभिनेत्री नीता ढुंगाना र शंकर बीसी फिचर्ड छन् । शंकर बीसीको आफ्नै निर्देशनमा तयार भएको ‘बाइस तले धरहरा’को भिडियोलाई दूर्गा पौडेलले छायाङ्कन गरेका हुन् ।

त्यस्तै, सार्वजनिक गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन र कलरिङ गरेका हुन् । भिडियोलाई प्रेम आदित्य म्यूजिक नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु