Information is intelligence
HomeNational Assemblyराष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

- Advertisement -spot_img

काठमाडौं : राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो ।

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी स्वतन्त्र सांसद खिमलाल देवकोटाले मत राखेका छन् ।

विधेयक पारित अघि देवकोटाले आफ्नो धारणा राख्दै नेपालमा विश्वविद्यालय धेरै भएको, प्रदेश सरकारले पनि विश्वविद्यालय स्थापना गर्न सक्ने भनिएको र प्रदेश सरकारले विश्वविद्यालयको सञ्चालनको तयारी समेत गरिरहेको अवस्थामा संघले थप विश्वविद्यालय खोल्नु उचित नहुने बताए ।

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ६ माघ २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो । तथ्याङ्क विधेयक २८ फागुन २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु