Information is intelligence
HomePoliticsधामी बेपत्ता प्रकरणमा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छः नारायणकाजी श्रेष्ठ (भिडियो)

धामी बेपत्ता प्रकरणमा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छः नारायणकाजी श्रेष्ठ (भिडियो)

- Advertisement -spot_img

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन्।

बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा तुइन भारतीय एसएसबीले नै काटेको पाइएको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने बताए।

सांसद श्रेष्ठले यस प्रकरणले नेपाली जनतामा पीडा पैदा भएको भन्दै पीडाले र देशभक्तिको भावनाले नेपाली जनता आफै प्रतिकारको स्थितिमा आउन सक्ने चेतावनी दिँदै सरकारले तत्काल सत्यतथ्य छानविन गर्नुपर्ने बताए।

उनले भने, ‘नेपाली जनतामा यस प्रकारको अमानविय, क्रुर, घटनाबाट जुन पीडा पैदा भएको छ। त्यो पीडाले देशभक्तिको बाँध, मानवताविरोधी कार्यका विरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफै प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनैपनि हालतमा उपयुक्त हुँदैन। यस सम्बन्धमा नेपाल सरकारले तत्काल कदम चालोस् भन्ने म विशेष अनुरोध गर्न चाहान्छु।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु