Information is intelligence
HomeEntertainment & Arts‘बहिष्कार’ गीत ल्याउँदै दुर्गेश

‘बहिष्कार’ गीत ल्याउँदै दुर्गेश

- Advertisement -spot_img

काठमाडाैँ : गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ल्याउँने घोषणा गरेका छन्। फेसबुक पेजमा ‘बहिष्कार’ लेखिएको पोस्टर सार्वजनिक गर्दै उनले आफूलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिष्कार गर्ने निर्णयप्रति प्रतिक्रिया पनि जनाएका छन्।

उनले मानव नै मानवको रक्षक भक्षक दुवै हुने रहेछ भनेका छन्। उनले अगाडि लेखेका छन्, ‘म चाहन्छु, मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस्, तर आज मेरो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइरहँदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गीतलाई स्वतन्त्र छोडिएको छ।’

थापाले आफ्नो गीत ‘न लोक न दोहोरी’ भएको र नियोजित तबरले अश्लिलको परिभाषा दिएर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको आरोप लगाएका छन्। उनले परिवर्तनलाई स्विकार गर्न नसक्नेहरु भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न नसकेको बताएका छन्। उनले प्रतिष्ठानका ४१०० सदस्यलाई व्यंग्यात्मक शुभकामना पनि दिएका छन्।

उनले प्रतिष्ठानले बद्रि पंगिनी, प्रजापति पराजुली, कोमल ओली, कुमार बस्नेत लगायतका दिग्गज कलाकारले गाएको गीतलाई बेवास्ता गरी आफ्नो गीत अश्लिल भएको बताउनु विरोधाभासपूर्ण भएको पनि उल्लेख गरेका छन्।

प्रतिष्ठानले बहिष्कार गर्ने निर्णय गरेपछि दुर्गेश थापासँग भएको देशसञ्चारको कुराकानीमा उनले यसको जवाफ दिन ‘बहिष्कार’ गीत ल्याउने बताएका थिए। उनको यो गीत सार्वजनिक हुन केही दिन अझै लाग्ने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु