Information is intelligence
HomeShare Bazarप्रिमियम मूल्यमा आईपीओ जारी गर्दै रिलायबल लाइफ, यस्तो छ विवरण

प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै रिलायबल लाइफ, यस्तो छ विवरण

- Advertisement -spot_img

बीमा कम्पनीको रुपमा तीन वर्षअघि स्थपना भएको रिलायबल लाइफ इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यमा थप ११२ प्रिमियम थपेर प्रतिकित्ता २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि साउन १२ गते निवेदन दिएको थियो हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बोर्डबाट अनुमति पाए रिलायबल लाइफ इन्स्योरेन्स बीमा क्षेत्रमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्ने पहिलो कम्पनी बन्नेछ । हालसम्म बीमा क्षेत्रका कुनै पनि कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गरेका छैनन् ।

रिलायबल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २१२ रुपैयाँको दरले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछ । ६० लाख कित्ता शेयर अंकित मूल्यमा २१२ रुपैयाँ थप प्रिमियम मुल्यमा बिक्री गर्दा कम्पनीलाई ६७ करोड २० लाख रुपैयाँ अतिरिक्त आम्दानी (प्रिमियम) हुनेछ ।

कम्पनीले आव २०७५/७६ मा आफ्नो परिष्कृत वित्तीय विवरणमा कायम भएको नेटवर्थ १०६ रुपैयाँलाई आधार मानेर त्यसको दुई गुणा मुल्यमा प्राथमिक शेयर बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँको दरले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछ । हाल संस्थापकबाट १ अर्ब ४० करोड चुक्ता भैसकेको कम्पनीको आईपीओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु