Information is intelligence
HomeSportsदोस्रो टी-ट्वान्टीमा पनि अस्ट्रेलिया स्तब्ध

दोस्रो टी-ट्वान्टीमा पनि अस्ट्रेलिया स्तब्ध

- Advertisement -spot_img

काठमाण्डौ – दोस्रो टी–ट्वान्टी क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । ढाकामा भएको खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले हराएको हो । 

अस्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बङ्गलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो । बङ्गलादेशको जितमा आफिफ होसेनले ३७, नुरुल होसेनले २२, शकिब अल हसनले २६ र मेहदी हसनले २३ रन बनाए।

अस्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर,एडम जाम्पा र एन्ड्रयु टेले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन बनाए भने मोइसेस हेन्रिक्सले ३० र मिचेल स्टार्कले अविजित रहँदै १३ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले ३ तथा शोरिफुल इस्लामले २ विकेट लिए । जितसँगै बङ्गलादेशले अस्ट्रेलियासँगको पाँच खेलको श्रृङ्खलामा २–० को अग्रता बनाएको छ । 

पहिलो खेलमा पनि अस्ट्रेलिया बङ्गलादेशसँग पराजित भएको थियो । पहिलो खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई २३ रनले हराएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु