Information is intelligence
HomeSportsमैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित

मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित

- Advertisement -spot_img

एजेन्सी । प्रि-सिजन अन्तरगतको मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित भएको छ । एफसी साल्जवर्गको घरेलु मैदानमा रेड बुल एरिनामा भएको खेलमा बार्सिलोना पराजित भएको छ ।

बुधबार राति भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना अष्ट्रियाको एफसी साल्जवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको ४३ औं मिनेटमा लुका सुसिचले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ८३ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको ९० औं मिनेटमा ब्रेनडेन आरोनसनले गोल गर्दै साल्जवर्गलाई २-१ को जित दिलाए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु