Information is intelligence
HomeBusinessहालै दोस्रो बजारमा कारोबार शुरु भएको जीवन विकासले नाफा कमायो, खुद...

हालै दोस्रो बजारमा कारोबार शुरु भएको जीवन विकासले नाफा कमायो, खुद नाफा कति ?

- Advertisement -spot_img

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लिमिटेडले साउन १४ गतेदेखि नेपाली धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार उक्त अवधिसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९७ प्रतिशत बढी खुद नाफा कमाएको छ । 

सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९.२९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३०२.६१ प्रतिशत बढेको छ । 

उक्त अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ९.४६ प्रतिशत घटेको छ । उक्त अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ७६ करोड १७ लाख रुपैयाँ छुट्याउँदा सञ्चालन मुनाफा घट्न पुगेको हो । यद्यपि, उक्त अवधिसम्ममा लघुवित्तले ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ जसले गर्दा नाफा बढ्न पुगेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु