Information is intelligence
HomeShare Bazarहिजो निष्कासन गरेको सानीमा लाइफ इन्स्योरेन्सको शेयरमा पहिलो दिनमै कति आवेदन पर्यो...

हिजो निष्कासन गरेको सानीमा लाइफ इन्स्योरेन्सको शेयरमा पहिलो दिनमै कति आवेदन पर्यो ?

- Advertisement -spot_img

काठमान्डौ | हिजो शेयर निष्कासन गरेको सानीमा लाइफ इन्स्योरेन्सको शेयरमा पहिलो दिनमै ७ लाख भन्दा धेरैको आवेदन परेको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बुधबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा ७ लाख १२ हजार ४८१ जना आवेदकबाट १ करोड १७ लाख ५८ हजार २० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।

कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु