Information is intelligence
HomeShare Bazarसाहस उर्जाकाे आईपीओ बजारमा आउँदै, कहिले खुल्दै छ आवेदन ?

साहस उर्जाकाे आईपीओ बजारमा आउँदै, कहिले खुल्दै छ आवेदन ?

- Advertisement -spot_img

काठमाडाैँ | साहस उर्जा कम्पनी लिमिटेडले साउन २९ गते, शुक्रबारदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । कम्पनीले पहिलाे चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि हाे ।

आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले  ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु