Information is intelligence
HomeHealthआजबाट देशैभरका खाेप केन्द्रमा भेराेसेलकाे दाेस्राे डाेज दिइँदै

आजबाट देशैभरका खाेप केन्द्रमा भेराेसेलकाे दाेस्राे डाेज दिइँदै

- Advertisement -spot_img

कोरोना भाइरसविरुद्ध चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने अभियान आजदेखि देशैभर सुरु भएको छ।

भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउने कार्य सुरु भएको हो।

आजदेखि तीन दिनसम्म देशैभरीका विभिन्न खोप केन्द्रहरुमार्फत खोप अभियान सञ्चालन हुने छ।

आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ। दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड लिएर जान पनि आग्रह गरिएको छ।

असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो।

पहिलाे डाेज लगाएकाे २१ दिन पूरा भएपछि भेराेसेल खाेपकाे दाेस्राे डाेज लगाउनु पर्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु