Information is intelligence
HomeBusinessघोडीघोडा लघुवित्त नोक्सानीमा, प्रतिशेयर आम्दानी कति?

घोडीघोडा लघुवित्त नोक्सानीमा, प्रतिशेयर आम्दानी कति?

- Advertisement -spot_img

घोडीघोडा लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ।

वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्त १८ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्त १२ लाख २९ हजार रुपैयाँले नोक्सानीमा थियो। 

लघुवित्तले यस अवधिमा एक करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७५ प्रतिशतले कम हो। लघुवित्तको सञ्चालन नोक्सानी पनि १८ लाख ४४ हजारबाट बढेर ५० लाख ६३ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात ४.९३ प्रतिशत छ।

चुक्ता पूँजी २ करोड ७६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ५४ लाख ४१ हजार रूपैयाँले ऋणात्मक रहेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६७ पैसाले ऋणात्मक हेको छ। यस्तै प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ ३० पैसा रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु