Information is intelligence
HomeEntertainment & Artsरिहान्ना बनिन् विश्वकै धनाड्य गायिका

रिहान्ना बनिन् विश्वकै धनाड्य गायिका

- Advertisement -spot_img

अमेरिकी/बार्बाडियन पप गायिका रिहान्ना विश्वकै सबैभन्दा धनाड्य गायिका बन्न सफल भएकी छिन् । रिहान्ना कुल १ दशमलव ७ बिलियन डलर आम्दानीसहित आधिकारिक रूपमै बिलिनियर गायिका बन्न सफल भएकी हुन् ।

फोर्ब्स पत्रिकाका अनुसार उनको यो आम्दानीको प्राथमिक स्रोत भने संगीत होइन ।

बार्बाडोसमा जन्मिएकी रिहान्नाले १.७ बिलियन डलरमध्ये करिब १.४ बिलियन डलर फेन्टी ब्युटी कस्मेटिकबाट कमाएको फोर्ब्सले उल्लेख गरेको छ ।

फेन्टी ब्युटी कस्मेटिक्समा उनको ५० प्रतिशत लगानी छ ।

उनले सेभेज एक्स फेन्टी लञ्जरी कम्पनीको शेयर तथा अभिनय र गायनबाट आदानी गेको फोर्ब्सले जनाएको छ ।

यतिमात्र होइन, उक्त आम्दानीसहित रिहान्ना दोस्रो धनी मनोरञ्जनकर्ता समेत बनेकी छिन् ।

उनी ओपरा विनफ्रेपछि दोस्रो स्थानसहित धनी महिला मनोरञ्जनकर्ता बनेकी हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु