Information is intelligence
HomeEconomyनिफ्राको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घट्यो, कति छ ?

निफ्राको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घट्यो, कति छ ?

- Advertisement -spot_img

काठमाडौं | नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।सो कम्पनीले नेपाली धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्काशन गरेको थियो ।

विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशत कम हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि गैरसञ्चालन आम्दानी घटेका कारण खुद नाफा घटेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.९२ प्रतिशत बढेको छ । बैंकको गैर सञ्चालन आम्दानी भने १० करोड ८५ लाख रुपैयाँबाट घटेर ७४ लाखमा सीमित भएको छ। जसका कारण खुद नाफा घट्न पुगेको हो ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ८८ पैसा घटेर ४ रुपैयाँ १८ पैसामा सीमित भएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु