Information is intelligence
HomeEconomyआज विदेशी मुद्राको बिक्रीदर यस्तो छ

आज विदेशी मुद्राको बिक्रीदर यस्तो छ

- Advertisement -spot_img

काठमाडौँ | नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । 

आज शुक्रबार भने सामान्य गिरावट आएको हो । राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ३७ पैसार बिक्रीमूल्य ११८ रुपैयाँ ९७ पैसा रहेको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ । यसअघि भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ शून्य पैसा रहेको थियो । 

यता, अष्ट्रेलियन डलरको भाउ पनि सामान्य घटेको छ । बिहीबार एकको खरिददर ८७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा रहेको अष्ट्रेलियन डलर आज भने एकको खरिदमा ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा पर्नेछ । 

एकको खरिदमूल्य ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ १९ पैसा तोकिएको सिङ्गापुरे डलरलाई आज एकको खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ १२ पैसा पर्नेछ । 

साउदी रियाल र कतारी रियाल भने हिजो बिहीबारको तुलनामा एक पैसाले मात्रै घटेको छ ।  साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ ३१ रुपैयाँ ७२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ६८ पैसा नै तोकिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु