Information is intelligence
HomePoliticsमाओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

- Advertisement -spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा सरकारमा सहभागी हुने मन्त्रीहरुका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । 

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । सरकारमा पार्टीबाट नेतृत्व कसले गर्ने भन्ने विषयमा माओवादीभित्र विवाद रहेको बताइएको छ ।
 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि सार्वजनिक रुपमा नै मन्त्री बन्नका लागि पार्टीका सबै सांसद इच्छुक रहेकाले असहज भएको बताएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु