Information is intelligence
HomeSportsमैत्रीपूर्ण खेलमा नेपाल भारतसँग भिड्दै

मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग भिड्दै

- Advertisement -spot_img

काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी भदौ १७ र २० गते दुई मैत्रीपूर्ण खेलहरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपाल र भारत हालसम्म १९ पटक आमनेसामने भएका छन्। जसमा भारतले १३ खेल जित्दा नेपालले २ खेल जितेको छ। पछिल्लो पटक नेपालले सन् २०१३ मा भारतलाई हराएको थियो।

दुबै टोली साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको अन्तिम चरणका लागि तयारीमा छन्।

फिफा वरीयतामा नेपाल १७१ औै स्थानमा छ भने भारत १०५ औं स्थानमा छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु