Information is intelligence
HomeEducationकक्षा १२ सबै परीक्षा स्थगित गर्न सिफारिस

कक्षा १२ सबै परीक्षा स्थगित गर्न सिफारिस

- Advertisement -spot_img

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहको परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलिरहेकाले जोखिम हुन सक्नेभन्दै परीक्षा स्थगित गर्न सिफारिस गरिएको जानकारी दिए। सामाजिक सञ्जालमार्फत उनले दिएको जानकारीअनुसार  शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र- सिसिएमसी दुवैलाई सिफारिस गरिएको छ।

‘कोभिड–१९ संक्रमण फैलँदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु’, उनले ट्वीटरमार्फत लेखेका छन्।

स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नुपर्ने सुझाव दिइरहेका बेला शिक्षा मन्त्रालय भने जसरी पनि परीक्षाहरु सञ्चालन गर्नुपर्ने अडानमा देखिएको छ। स्नातक तह र स्नतकोत्तर तहका परिक्षाहरु अहिले सन्चालन भइरहेका छन्। कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने तालिका छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु