Information is intelligence
HomeUncategorizedबालाजु नेबिको बिस्कुट उद्योगमा आगलागी

बालाजु नेबिको बिस्कुट उद्योगमा आगलागी

- Advertisement -spot_img

काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा रहेको एउटा बिस्कुट उद्योगमा आगलागी भएको छ । शनिबार बिहान २ बजेदेखि औद्योगिक क्षेत्र परिसरमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको हो ।

के कसरी आगलागी भन्ने नखुलेको नेबिको बिस्कुट उद्योगका मार्केटिङ म्यानेजर अरुण पौडेलले जानकारी दिए । उनका अनुसार आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन ।

बिहानैदेखि जुद्ध वारुण यन्त्र, नेपाली प्रहरी, सशस्त्र प्रहरीलगायतका पानीका ट्यांकर र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु