Information is intelligence
HomeBrandहुन्डाईको अल न्यू आई २० नयाँ फिचरमा अब बजारमा

हुन्डाईको अल न्यू आई २० नयाँ फिचरमा अब बजारमा

- Advertisement -spot_img

हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले नयाँ जेनेरेसन मोडल युरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेको मोडल बजारमा ल्याएको हो ।  

यसमा रहेको कप्पा इन्जिनले अधिकतम ६ हजार आरपिएममा ८३ पिएस पावर प्रदान गर्ने जनाइएको छ । म्यानुअल गियरबक्स रहेको यो गाडीमा प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाइब्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लिक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्विलजस्ता विशेषता रहेको कम्पनीको दाबी छ ।

ब्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्विल, आर्म रेस्टजस्ता फिचरले यो गाडीलाई विलासी र प्रिमियम गाडी बनाएको कम्पनीले जनाएको छ । 

यसमा ड्युल एयरब्याग, एबिएस, इबिडी, आपत्कालीन स्टप सिग्नल ९इएसएस० र स्मार्ट पेडलजस्ता सुरक्षा फिचर रहेको जनाइएको छ । विभिन्न ६ रङमा उपलब्ध रहेको यो गाडी म्याग्ना र स्पोर्टस् अप्सनमा रहेको छ ।

म्याग्नाको ३६ लाख ९६ हजार रुपैयाँ र स्पोर्टस्को ४१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ । यो गाडी कम्पनीका देशभरका १४ वटै सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु