Information is intelligence
HomeEntertainment & Artsकरिश्माको तीज गीत सार्वजनिक हुदैँ

करिश्माको तीज गीत सार्वजनिक हुदैँ

- Advertisement -spot_img

काठमाडौं : तीजको पूर्व सन्ध्या पारेर अभिनेत्री करिश्मा मानन्धरले एउटा तीज गीतको म्युजिक भिडियो तयार पारेकी छिन् ।

के.बी.फिल्म्सको प्रस्तुतीमा ‘आउन संगी हो, गाउँन मिलेर’ शीर्षकको तीज गीतको म्युजिक भिडियो तयार पारिएको छ ।

गायिका मेलिना राईको स्वरको उक्त तीज गतिमा साज सिंहको संगीत निर्देशन छ भने गीतका शब्दहरु कोरियोग्राफर गोविन्द राईले रचना गरेका हुन् ।

गोविन्द राईकै कोरियोग्राफी तथा निर्देशनमा उक्त गीतको भिडियो तयार पारिएको हो, जुन केही दिनमै करिश्मा मानन्धरकै यूट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।

उक्त गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धरले आकर्षक नृत्य गरेकी छिन् ।

भिडियोमा करिश्मासंगै सम्झना बुढाथोकी, क्षितिजा शाक्य, तेन्जु योञ्जन, सुप्रिया योञ्जन, बसु तामाङलाई पनि फिचर गरिएको छ ।

मदन काश्यप घिमिरेद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई नहकुल खड्काले सम्पादन गरिरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु