Information is intelligence
HomeNewsकाठमाडौँको पूर्वी क्षेत्रमा जग्गा कित्ताकाट गर्न प्रतिबन्ध

काठमाडौँको पूर्वी क्षेत्रमा जग्गा कित्ताकाट गर्न प्रतिबन्ध

- Advertisement -spot_img

काठमाडौँ – काठमाडौँको पूर्वी क्षेत्रमा नयाँ सहर विस्तारका लागि उपत्यका विकास प्राधिकरणले जग्गाको कित्ताकाट रोक लगाएको छ।

काठमाडौँका गोकर्णेश्वर, कागेश्वरी-मनहरा र शंखरापुर नगरपालिका क्षेत्रलाई समेटेर नयाँ सहर विस्तारका लागि दुई वर्षका लागि कित्ताकाट गर्न रोक लगाएको हो।

उपत्यका विकास प्राधिकरण अन्तर्गत तीन नगरपालिकाले गठन गरेको ‘पूर्वी काठमाडौँ नयाँ सहर विकास आयोजना’ले आठ आनाभन्दा कम हुने गरी कित्ताकाट गर्न र जग्गाको स्वरुप परिवर्तन गर्न नपाउने सूचना प्रकाशित गरेको हो।

बुधबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार दुई वर्षम्म जग्गाको कित्ताकाट गर्दा न्यूनतम आठा आनाको सम्म टुक्रा बनाउन पाउने र यसअघि नै आठा आनाभन्दा कम रहेका जग्गालाई थप कित्ताकाट गर्न पाइने छैन।

तर साविकका टुक्रा जग्गा किनबेचमा भने प्रतिबन्ध लगाइएको छैन।

सूचनामा भनिएको छ, ‘दुई वर्षका लागि आठ आना भन्दा बढी क्षेत्रफल भएका कित्ताहरुलाई न्यूनतम आठ आनासम्म मात्र क्षेत्रफल कायम हुनेगरी कित्ताकाट गर्न पाइने र आयोजनाबाट सूचना प्रकाशन गर्नुपूर्व आठ आनाभन्दा कम क्षेत्रफल भएका कित्ता जग्गा कित्ताकाट गरी टुक्र्याउन नपाइने तर आठ आना भन्दा कम क्षेत्रफल भएका साबिकका कित्ता किनबेच गर्न पाउने भन्ने निर्णय भएको..।’

आयोजनाले गोकर्णेश्वर नगरपालिकाको १, २ र ४ नम्बर वडा, कागेश्वरी-मनहराको १, २, ३ र ४ नम्बर वडा र शंखरापुर नगरपालिकाको ९ नम्बरको २६ हजार रोपनी क्षेत्रफललाई समेटेर नयाँ सहर विकास गर्न लागेको हो।

यसमध्ये १८ हजार रोपनी क्षेत्रफलमा वस्ती निर्माण हुने छ। ‘पूर्वी काठमाडौँ नयाँ सहर विकास आयोजना’ले जग्गा एकीकरण गर्ने, आयोजनाको विस्तृत परियोजना रिपोर्ट तयार पार्ने काम अघि बढाएको जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु