Information is intelligence
HomeSportsलियोनेल मेस्सी आज बार्सिलोना फर्किदै

लियोनेल मेस्सी आज बार्सिलोना फर्किदै

- Advertisement -spot_img

स्पेनिस क्लब बार्सिलोनाबाट अप्रत्यासित विदाइबारे आएका समाचारबारे अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सीले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिने भएका छन्। 

त्यसका लागि उनले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गर्ने भएका छन्। 

क्लबले उनीसँगको सम्झौता आर्थिक कारण नवीकरण गर्न असफल भएको जनाउँदै २१ वर्षपछि बिदाइ घोषणा गरेको थियो। त्यसको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका समाचार र बार्सिलोनासँगको लामो सहकार्यबारे मेसीले पत्रकारसँग बोल्न लागेका हुन्। 

‘३४ वर्षीय मेसीले मध्याह्न हुने प्रेस सम्मेलनमा उनको बार्सिलोनासँगको सहकार्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्’, क्लबले भनेको छ, ‘क्लबबाट विदाइ घोषणा भएदेखि यी उनले यसबारे पहिलो सार्वजनिक टिप्पणी दिनेछन्।’

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेसीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएका थिए। त्यसपछि मेसीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचार लेखेका छन्।

अर्जेन्टिनी फरवार्डले अन्य प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आइरहेका समय पत्रकार सम्मेलन हुन लागेको हो। उनी फ्रान्सेली क्लब पिएसजीमा जाने चर्चा छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु