Information is intelligence
HomeNewsनगरप्रमुखलाई कार्यकक्षमै मसाज (भाइरल तस्वीर बारे) !

नगरप्रमुखलाई कार्यकक्षमै मसाज (भाइरल तस्वीर बारे) !

- Advertisement -spot_img

धनुषाको विदेह नगरपालिकाका मेयर दासले कार्यकक्षको सोफामा आराम गरेर मसाज गराउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको हो । मेयर दासको खुट्टा मसाज गरिरहेका उनकै कार्यालय सहयोगी रहेको बुझिएको छ ।

सञ्जालमा भाइरल भएको तस्वीर जेठ महिनाको रहेकाे बुझिएको छ । कोरोना संक्रमण भई ६० दिनसम्म औषधि खाएर निको भएर बसेपछि कोरोना खोप लगाएको र त्यसले स्वास्थ्य अवस्था कमजोर बनाएको मेयर बेचनकाे भनाइ छ। स्वास्थ्य अवस्था कमजोर भएर पनि कार्यालयको कामलाई निरन्तरता दिइरहेको अवस्थामा एक्कासी रिँगटा लागेर ढलेपछि कार्यालय सहयोगी आफ्नै भाइले मसाज गरिदिएको उनले बताए ।

उनले भने,‘यो जेठ महिनाको फोटो हो । त्यो बखतमा कोरोनाको दोस्रो खोप लगाएको थिएँ । दोस्रो खोप लगाउँदा मलाई जिउ सन्चो भएन । कार्यालयमा बस्दा ज्वरो आयो । फेन्ट जस्तै भएर लडेँ । लडेँको ठाउँबाट उठेर सोफामा सुतेँ । अनि कार्यालय सहयोगी (आफ्नै भाइ)ले मालिस गरिदिएको हो ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु