Information is intelligence
HomeBankनबिल बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

नबिल बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

काठमाडौं  | नबिल बैंकको ऋणपत्र भर्ने आज (साउन २४ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको  ‘८% नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गरेको हो । 


यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गरेको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ । लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आवेदन गर्न सक्नेछन् । यस्तै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ । नबिल बैंकलाई इक्रा नेपालले ‘इस्युअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा नबिल उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु