Information is intelligence
HomeHealthकाेभिशिल्डकाे पहिलाे डोज लगाएकालाई भाेलिबाट अस्ट्राजेनेका खाेप दिने

काेभिशिल्डकाे पहिलाे डोज लगाएकालाई भाेलिबाट अस्ट्राजेनेका खाेप दिने

- Advertisement -spot_img

काठमाडौं | सरकारले सोमबारदेखि अस्ट्राजेनेका खोप अभियान सुरु गर्ने भएको छ । कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकलाई अस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साउन २५ गतेदेखि अस्ट्राजेनिका खोप अभियान सुरू हुने छ ।

खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पखाईमा रहेका ६५ वर्ष वा सो भन्दा माथिका नागरिकलाई खोप लगाउने तयारी विभागको छ ।

विभागकाअनुसार दोस्रो डोज दिई बाँकी रहेको खोप विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने छ। भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु