Information is intelligence
HomeEntertainment & Artsएक्सन थ्रिलर फिल्म 'एक्स ९' मा अनमोल अनुबन्धित

एक्सन थ्रिलर फिल्म ‘एक्स ९’ मा अनमोल अनुबन्धित

- Advertisement -spot_img

काठमाडौं | मुकुन्द भट्टले निर्देशन लागेको फिल्म ‘एक्स ९'(लेभल वान) मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन्।

शनिवार अनमोलले फिल्म निर्माण सम्झौता गर्दै औपचारिक रुपमा फिल्म ‘साइन’ गरेका हुन्।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले लेखेका हुन्। फिल्ममा अनमोलका साथै सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही लगायतको भुमिका रहेको छ। तर, अभिनेत्रीको भने केहि फिक्स हुन सकेको छैन।

फिल्म निर्माण टिमले भिलेनको भुमिकाका लागि बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरेका छन्। तर उनी फिल्मसँग जोडिने तय भइसकेको छैन।

निर्देशक भट्टले यस फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथा हुने दावी समेत गरेका छन्। यसअघि पनि भट्टले फिल्म ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ निर्देशन गरिसकेका छन्। यो फिल्मको छायांकन जनवरीदेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु