Information is intelligence
HomeEntertainment & Artsसाम्राज्ञीको प्रेमी बन्दै जितु

साम्राज्ञीको प्रेमी बन्दै जितु

- Advertisement -spot_img

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट साइन गरेकी हुन् । यो चलचित्रमा साम्राज्ञीको जोडीको रुपमा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको छ । यी दुबै कलाकारले चलचित्रका लागि लिखित संझौता गरिसकेका छन् ।

भदौको १५ गतेबाट चलचित्रको छायांकन गर्ने लक्ष्य निर्माणपक्षले राखेको छ । चलचित्रको छायांकन काठमाडौं र पोखराको विभिन्न स्थानमा हुनेछ । चलचित्रमा कलाकार विजय बरालको पनि अभिनय रहने पक्का भएको छ । चलचित्र ‘ड्रिम्स’मा लगानी गरेका कपिलले यही चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

वुझिएअनुसार, चलचित्रमा जितु साम्राज्ञीको प्रेमीको भूमिकामा देखिदैछन् । जितुसँग जोडी बाँधिन लागेकोमा साम्राज्ञी पनि खुशी छिन् । चलचित्रको कथा निक्कै नै फरक रहेकाले पनि साम्राज्ञी काम गर्न उत्साहित भएको वुझिएको छ । यो चलचित्रका लागि साम्राज्ञीले महंगो पारिश्रमिक वुझेकी छिन् ।

‘छक्का पन्जा’को टिम भन्दा बाहिरको चलचित्र काम नगरी बसिरहेका जितुले अब भने यो टिम भन्दा बाहिरको चलचित्र पनि काम गर्ने पक्का गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु