Information is intelligence
HomeNewsजग्गा बाँड्ने कामले सुकुम्बासीको समस्या समाधान हुँदैनः वामदेव गौतम

जग्गा बाँड्ने कामले सुकुम्बासीको समस्या समाधान हुँदैनः वामदेव गौतम

- Advertisement -spot_img

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वैज्ञानिक भूमि सुधार व्यवस्था लागू नभएसम्म सुकुम्बासीको संख्या बढिरहने बताएका छन् । सुकुम्बासीका नाममा जग्गा वितरण गर्नु गलत कार्य भएको बताएका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले वैज्ञानिक भूमि सुधार लागू नभएसम्म सुकुम्बासीका समस्या समाधान नहुने बताएका हुन् ।

‘सरकारले चलनचल्तीको मूल्यमा किनेर व्यक्तिको जग्गा आफ्नो नाममा बनाओस् अनि उपयोगको नीति बनाएर अघि बढौँ । जमिन प्राप्त गर्नेले बिक्री गरेर अर्कै काम गर्छन् र फेरि सुकुम्बासी बन्छन् । जग्गा बाँड्ने कामले सुकुम्बासीहरूको समस्या समाधान हुँदैन,’ उनले भने ।

उपाध्यक्ष गौतमले भूमिहीन सुकुम्बासीको समस्या पहिचान गरेर रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । उनले जबसम्म जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुन्छ सुकुम्बासी बन्ने प्रक्रिया त्यहीबाट सुरु हुने बताए ।

उपाध्यक्ष गौतमले देशमा कृषि भूमि २६ लाख हेक्टर रहेको भन्दै कृषि भूमिको टुक्रा चार करोडमाथि भइसकेको बताए ।

‘जमिनलाई कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं,’ उनले भने, ‘संविधानले जग्गा दिन नसक्ने स्थितिमा रोजगारी दिन भनेको छ । हामी त्यस दिशामा अघि बढेनौँ । जसरी पनि जग्गा नै बाँड्नेतर्फ लाग्यौँ । ५१ सालदेखि हालसम्म कैयौँलाई जग्गा बाँडियो तर सुकुम्बासी बढेका बढ्यै छन् । सुकुम्बासी बढ्नुको कारण खोजौँ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु